सीप्यान अवार्ड आज, चार विधामा पुरस्कार दिइँदै

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट खेलाडी संघले आज सीप्यान क्रिकेट अवार्डकाे दाेस्राे संस्करण आयाेजना गर्दैछ। काठमाडौंमा शुक्रबार साँझ हुने अवार्ड समाराेहमा विभिन्न चार विधामा खेलाडी तथा टिमलाई पुरस्कृत गरिनेछ ।

यसपल्ट वर्षकाे उत्कृष्ट पुरुष र महिला खेलाडी तथा वर्षकाे उत्कृष्ट उदयीमान खेलाडीलाई सीप्यान अवार्ड दिइनेछ। त्यस्तै माेमेन्ट अफ द इयर नामक अवार्डबाट व्यक्तिगत रुपमा खेलाडी वा टिम पुरस्कृत हुनेछ । याे विधा समर्थककाे मतका आधारमा घोषणा गरिनेछ।

सीप्यानले सन् २०१९मा अवार्डकाे पहिलाे संस्करण आयाेजना गरेकाे थियाे । काेराेना महामारीका कारण दाेस्राे संस्करण गर्न तीन वर्ष लाग्याे । यो संस्करणमा पछिल्लो दुई वर्षको प्रदर्शनको आधारमा खेलाडीको मूल्यांकन गरिनेछ ।

वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी तथा माेमेन्ट अफ द इयरकाे विजेताले १ लाख ३२ हजार पुरस्कार पाउनेछन् भने उदीयमान विधाका विजेताले ६६ हजार रुपैयाँ पुरस्कार पाउनेछन्

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्