बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाउने

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– सरकारले बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गरेको छ।

बैठकले महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म देशभर सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बैठकले दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गरेको छ। संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहिबार २३ गते निधन भएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्