थप ११९ जनामा कोरोना संक्रमण, १३० जना संक्रमणमुक्त

दाङ समाचार
दाङ समाचार २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये २ हजार ११९ जना होम आइसोलेसनमा रहेका छन् भने ७२ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् ।

यस्तै १ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ६७३पुगेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्