दाङ – शहरी विकास मन्त्री मेटमणि चौधरीले मंत्री पद बहाली गरे संगै गृह जिल्ला दाङ आएर थुप्रै आयोजनाहरु शिलान्यास गर्दै हिडे । बजेट बिनियोजन भन्दा पनि मंत्री चौधरी आयोजना शिलान्यास गर्नमै व्यस्त रहे । उनले जिल्लामा केहि आयोजनाहरुको शिलान्यास गरेका छन । ति आयोजनाको काम हुने वा नुहने भन्ने कुराको टुंगो छैन ।
त्यस्तै मंत्री चौधरीले शिलान्यास गरेको लमहीको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा स्थित लमही नगर विकास समितिले निर्माण गर्न लागेको बहुउदेश्यीय सभाहलको शहरी विकास मन्त्री मेटमणि चौधरीले साउन २८ गते शिलन्यास गरे । शिलन्यास कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सभाहल सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उद्घोष गर्न पनि भ्याए तर, करिब एक महिना वितिसक्दा समेत आयोजना अझै अघि बढ्न सकेको छैन ।
यद्यपी सचिव डा. सिंहले शिलान्यास कार्यक्रममा बोल्दै भवन निर्माणको लागि सघन शहरी आयोजना कार्यालय घोराही दाङबाट बजेटको छुट्टै व्यवस्था हामीले गर्छौ र बटेको व्यवस्था गरेर उक्त आयोजनालाई बुहुवर्षीय आयोजना स्वीकृत गर्ने पनि बताएका थिए ।
मन्त्री चौधरीले प्रक्रिया पूरा नगरी भवनको शिलान्यास गरेको एकमहिना बिति सक्दा सम्म काम नै सुरु भएको छैन । जस लिनलाई मन्त्री चौधरीले तत्कालिन समयमा बजेट चाजोपाँजो नगर्दै सघन शहरी आयोजना कार्यालय घोराही दाङको लगानी स्वीकृतसमेत नगरी बहुद्देश्य सभाहलको शिलान्यास गरेका हुन । यता सघन शहरी आयोजना कार्यालय घोराही दाङका इञ्जिनीयर विजय शेखर खनालले बहुउदेश्यीय सभाहल निर्माण गर्ने भनेर बजेट प्राप्त नभएको बताउछन । उनका अनुसार सभाहल निर्माण गर्ने भनेर कुनै कार्यक्रम नभएको बताउनुहुदैँ, सघन शहरीबाट निर्माण गर्ने भन्ने कुराहरु चाँही आइरहेको छ, उनले भने,–। विभागमा पठाउनका लागि स्टिमेटहरु बनाउने काम गरिरहेका छौँ ।
विभागमा पठाइसकेपछि अर्थ मन्त्रालयले पनि पूर्ण बजेटको सुनिचिश्ता गरिदिनु पर्यो ।’
‘सोही अनुसारको प्रक्रियामा हामी लागि रहेका छौं । अहिलेसम्म टेण्डर पनि भएको छैन । टेण्डर प्रक्रिया फाइनल भएर एकदमै छिटो भवन निर्माणको काम सुरुहुने भनेको माघ महिना देखि होला ।’
शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेको बहुउदेश्यीय सभाहलमा एकहजार मानिस अट्ने र उक्त भवन पूरा गर्न जम्मा ५३ करोडको लागत अनुमान गरिएको छ । यता लमही नगर विकास समितिका सव–इञ्जिनियर तुल्सीराम अर्यालले भवन निर्माणको लागि नगर विकास समितिबाट जग्गा व्यवस्थापन भएको तर अहिलेसम्म काम शुरु हुन नसकेको बताए ।

त्यस्तै शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेका राप्ती नदीको दुवै किनारामा पक्की सडक निर्माण गरेर राप्ती करिडोर निर्माण गर्ने महत्वाकांक्षी योजनाको समेत निर्माण कार्य अघि बढ्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्