सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले जाहेरी दिएका छन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ ।

थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा आफूले केही दिनअघि लेखेको समाचारलाई लिएर उनीहरुबीच दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।

गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्