काठमाण्डौ – अछाममा पहिराेमा पुरिएर ९ जनाकाे मृत्यु भएकाे छ ।
अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर ९जनाको मृत्यु भएको हाे ।
कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २/ २ जनाको शव फेला परेको उनले बताए। अन्य वेपात्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्