ब्राउनसुगरसहित दम्पती पक्राउ

दाङ समाचार
दाङ समाचार १ आश्विन २०७९, शनिबार
0 Min Read
Aa

दाङ – काेहलपुर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेकाे छ।

प्रहरीले काेहलपुर नगरपालिका– १२ चप्परगाैडीबाट एक दम्पतीसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे।

इलाका प्रहरी कार्यालय काेहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशाेदा कार्की र मनाेज गिरीलाई पक्राउ गरिएकाे छ । कार्कीकाे घरबाट ब्राउनसुगर ताैलिने तराजुसमेत बरामद भएकाले उनी काराेबारी भएकाे अाशंका गरिएकाे छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्