दाङ – घोराही उपमहानगरपालिका- १६ स्थित सर्रा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेस समर्थित प्रजातान्त्रिक प्यानलबाट रमेश घर्ती निर्वाचित बनेका छन ।
गएराती अबेर सम्म भएको मतगणनापछि सार्बजनिक मतपरिणाम अनुसार घर्तीले १ सय ६५ मत प्राप्त गरेर अध्यक्षमा निर्बाचित भएका हुन । घर्तीका निकटतम प्रतिद्वन्दी एमाले समर्थित प्यानलबाट अध्यक्षमा उठेका सोही खानेपानी संस्थाका निर्वतमान अध्यक्षसमेत रहेका जगत श्रेष्ठले १ सय ६३ मत ल्याएका थिए ।
श्रेष्ठ यसअघि एमालेबाट एकिकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यसपछि गएको स्थानीय तहको चुनाबमा राप्रपाबाट घोराही १६ को वडा अध्यक्षमा प्रतीष्पर्धा गरेका थिए । वडा सदस्य भएर पनि श्रेष्ठले काम गरेका थिए । अध्यक्षमा राप्रपाबाट एकल प्यानल बनाएर चुनाब लडेका यादब श्रेष्ठले ७३ मत प्राप्त गरेका हुन । अध्यक्षमा जगत र यादब बिच प्रतिष्पर्धा हुँदा नेवार समुदायको मत बिभाजित हुँदा कांग्रेसका रमेशलाई झिनो मतले चुनाब जिते ।
त्यस्तै उपाध्यक्षमा घर्तीकै प्यानलबाट उपाध्यक्षमा चुनाब लडेका दाङ निर्माण ब्यबसायी संघका साधारण सदस्य सन्तोष रोका मगरले १ सय ९६ मत ल्याई चुनाब जितेका छन भने उनका निकटतम प्रतिद्वन्दी खिमा बुढाथोकी वलीले १ सय ९४ मत ल्याएर पराजित भइन । त्यस्तै सचिबमा एमाले समर्थित श्रेष्ठ प्यानलबाट खिमबहादुर नाथ १ सय ७६ मत ल्याएर बिजयी भए । नाथका निकटतम प्रतिद्वन्दी बासुदेब पोखरेलले १ सय ६६ र बेचन वलीले ५५ मत ल्याएका छन।
त्यस्तै कोषाध्यक्षमा यमकान्त भुसालले १ सय ६१ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी रामहरि शर्माले १ सय ४४ र नारायण पोख्रेलले ६९ मत ल्याए । जगतलाई एमाले र केही माओबादी नेताले समर्थन गरेका थिए । राप्रपाबाट अध्यक्षमा उठेका यादबलाई पनि केही एमाले र माओबादी र कांग्रेसले पनि सहयोग गरे ।
संस्थाको अध्यक्षमा निर्बाचित भएपछि घर्तीले तोकिएकै समयमा सर्राबासीलाई खानेपानी उपलब्ध गराउने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्