काठमाडौं– काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। कागेश्वरी मनोहरा नगरपालिका- ८मा एक जना पुरूषमाथि गोली हानेर भागेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सर्लाहीका लाल मोहम्मद छन्। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। गोली हान्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
घाइतेको उपचारको लागि टिचिङ अस्पतालमा लगिएको छ। घाइतेको अवस्थाबारे खुलेको छैन। घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ। कार्यालयबाट पनि प्रहरीको टोली खटिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्