कैदीबन्दीलाई सीपमुलक तालिम

दाङ समाचार
दाङ समाचार ५ आश्विन २०७९, बुधबार
3 Min Read
Aa

सुशील बस्नेत – दाङ
दाङमा कारागारका कैदीबन्दीलाई सिपमुलक तालिम दिन शुरु गरिएको छ । घोराही कारागार कार्यालयको आयोजना,समाज कल्याण केन्द्रको सह आयोजना र घोराही उपमहानगरपालिका वडा नम्वर १५ को सहयोगमा ५ दिने सीपमुलक तालिम समेत बुधबारदेखि शुरु गरिएको जेलर बासुदेव खनालले बताए।

केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवम वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा मैनबत्ति,सरफ,अगरबत्ति र झोला बनाउने तालिम सञ्चालिन गरिएको छ । ३ सय २४ जना मध्ये पहिलो दिन १ सय ५४ जनालाई मैनबत्ति बनाउने तालिममा सहभागि भएका अध्यक्ष निर्मला गौतमले जानकारी दिईन।

कार्यक्रममा सम्बोधन गर्दै घोराहीमा गत चैतमा सरुवा भई आएका जेलर बासुदेव खनालले कैदीबन्दी र प्रशासन वीचको दुरीलाई कम गर्ने थप प्रयास भईरहेको बताए । त्यसका लागि कैदीबन्दीसंग रहेर प्रत्यक्ष कैदी र जेलर विचमा समस्याहरुको बारेमा छलफल गर्ने जस्ता नयाँ कामको थालनी भएको खनालले बताए।

यस्तै कैदीबन्दी सर्वेक्षणमा कैदीबन्दी पारिवारिक पृष्ठभुमी देखि कैदीबन्दीले गर्ने दैनिक क्रियाकलाप लगायत, कैद सजया लिएको समयमा भएको आन्तरिक क्रियाकलापको बारेमा नाम गोप्य राखी प्रत्येक कैदीहरुको विवरण लिने पनि काम भैरहेको खनालको भनाई छ ।

ई –लाईब्ररी,पुस्तकालय, जिमखाना, खेलकुदका विभिन्न सामाग्रीहरुको व्यवस्था मिलाईएको छ । त्यस बाहेक स्वच्छ वातावरण र सफा भान्सा समेत रहेको कैदीहरुले बताएका छन् । आयआर्जनका लागि विभिन्न सीपमुलक कार्यक्रम समेत सञ्चालन हुने गरेका छन् ।

कार्यक्रममा जेलर बासुदेव खनाल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, महेन्द्र क्याम्पसका प्राध्यापक सुन्दर गौतमले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण बिन्दु दाहालले गरेकी थिइन् ।

कागरागारमा सरकारले प्रति कैदीबन्दी दैनिक ६० रुपैया पैसा र ७०० ग्राम चामल सरकारले उपलब्ध गराएको छ ।महिनालमा ७० क्वीनटल चामल र ६ लाख रुपैया रकम कैदीबन्दीहरुको लागी आउने गर्छ तर त्यसबाट कटाएर व्यवस्थापनमा असहजता भएको पाइए पनि दाङको कारागारमा भने व्यवस्थापन पारदर्शी देखिएको छ ।

घोराही कारागारमा ३ सय २४ जनाले कैद जीवन बिताईरहेका छन् । सबै भन्दा धेरै जबरजस्ती करणीमा बन्दी ४८ र कैदी ३६ जना गरी जम्मा ८४ जना रहेका छन, यस्तै कर्तव्य ज्यानमा ४५ कैदी र १६ जना बन्दी गरी ६१ जना छन् । लागुऔषधमा ४२ र कैदी २७ जना गरी ६९ जना रहेका छन् भने नागरिकता किर्ते सम्बन्धी कुनै पनि कैदीबन्दी छैनन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्