दाङ – लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार बुधबार सम्मेलन गरी अभियुक्तलाई सार्बजनिक गरेको हो ।
गढवा गाउँपालिका- १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका- १० जगदीशपुरका २५ वर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका- ११ निवासी १८ वर्षीय मोहम्मद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।
खाँनले लागु औषध ओसारपसारमा प्रयोग गरेका लु ६८प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको बताए ।
त्यस्तै प्रहरीले लमहीनगरपालिका- ९ अमिलियाबाट घोराही उपमहानगरपालिका- १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपलिका- ६ कोटगाउँ घर भइ हाल घोराही- १३ सेवार बस्ने ३८ वर्षिया खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको प्रहरी प्रमुख वलीले बताए ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्