खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढा रहेका छन्, उनीहरुको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो ।

उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेकाे अवस्थामा खाेला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्