गाडीको ठक्करबाट विद्यार्थीको मृत्युपछि धादिङको गजुरीमा तनाव

दाङ समाचार
दाङ समाचार ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

गजुरी बजारको आदर्श माध्यामिक विद्यालयका एक जना विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् । अनलाइन खबर 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्