सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

दाङ समाचार
दाङ समाचार ३१ आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं– सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिए ।

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्