काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्षमा राधिका हमाल निर्विरोध निर्वाचित हुनु भएको छ । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले हमाललाई उपाध्यक्षमा निर्विरोध चुनेको हो ।
राधिका हमाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुनहुन्छ । उहाँको ढल्क्यो जवानी,क्याम्पस पढ्न आउने,लरक्कै लर्केको,जोगी बुडाले जस्ता चर्चित गीत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्