काँग्रेसको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ – विमलेन्द्र निधि

दाङ समाचार
दाङ समाचार ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेसमा आज व्यक्ति र नाम परिवर्तन भन्दापनि दृष्टिकोण परिवर्तन गर्नु आवश्यक छ । अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जुन छ, तदानुकुलको दृष्टिकोण परिवर्तनमा लागि हामीले आफूलाई तयार गर्नुपर्छ ।’

उनले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताए । उनले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्