दाङ – सर्पले डस्दा दाङमा एक किशोरको मृत्यु भएको छ । मुत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भइ दाङको शान्तिनगर गाउँपालिका–७ मामाघरमा बस्दै आएका १६ वर्षीय मनोज वली रहेका छन् ।
सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले जानकारी दिए ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्