दाङ – प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही- नगरपालिका- ५ अर्नवा निवासी बालिका सुनार, सोहि वडाको कोईलाबास रोड निवासी राउडी भन्ने विक्रम कुमार गुप्ता र बर्दाघाट नगरपालिका -६ कैलाली सुगरखालका समिर कठरिया रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई हस्पिटल जाने बाटोछेउबाट ६ सय मि.लि. ग्राम लागु औषध (ब्राउन सुगर) सहित प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषधको अबैध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला अदालत, घोराही दाङबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान प्रकिया अगाडी बढाएको जिप्रका दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।
त्यस्तै पक्राउ परेका मध्य बालिका सुनार यो भन्दा पहिले पनि लागुऔषध कारोबारमा पक्राउ परिसकेकी हुन । उनी धरौटीमा रिहा भएकि थिईन ।

प्रतिक्रिया दिनुहोस्