गृहमन्त्री पाण्डेयद्वारा राप्तीका विभिन्न स्थानहरुकाे निरीक्षण

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

तुल बहादुर कवँर मगर, भालुवाङ

दाङ – लुम्बिनी प्रदेशका गृहमन्त्री सन्ताेष कुमार पाण्डेयले बिहीबार राप्ती गाउँपालिका -१ भालुवाङस्थित विभिन्न स्थानहरुकाे स्थलगत निरीक्षण गरेका छन।

मन्त्री पाण्डेयले भालुवाङमा रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ र भालुवाङ नगर विकास समिति भवनको पूर्वतर्फ आँपखाेली ठाडाे खाेलाका कारण गएको पहिरोकाे निरीक्षण गरेका हुन।

प्रहरी कार्यालयकाे कम्पाउड ,मेश, सम्बन्धित शाखाहरुकाे निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई विभागीय निति सम्बन्धमा मार्गदर्शन एवम् अपराध राेकथाम नियन्त्रण, शान्ति सुरक्षा लगायत समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन ।

त्यस्तै पहिराे गएको स्थनको निरीक्षण पश्चात् मन्त्री पाण्डेयले विपत व्यवस्थापन शाखा मार्फत तत्काल पहिराे नियन्त्रणको लागि काम थालिने बताए ।

यसैबीच निरीक्षणकै क्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राजधानी क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणसँगै शान्ति सुरक्षा कायम राख्न तत्काल राजमार्ग क्षेत्रमा जाेडिएका सिसि क्यामराहरू मर्मत गर्न र आवश्यक स्थानहरुमा क्यामरा थप गर्न मन्त्री पाण्डेयलाई आग्रह गरे।

निरीक्षमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्ताेष कुमार पाण्डेय, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलवान चाैधरी, वडा नम्बर १ का वडाध्यक्ष गेम बहादुर खड्का, ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह ,स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरु लगायतकाे सहभागीता रहेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्