भन्सार छलेर ल्याउँदै गरेका सामान धनुषा प्रहरीद्वारा बरामद

दाङ समाचार
दाङ समाचार १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध भन्सार चोरी निकासीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि सामान ल्याएको भन्ने गोप्य सुचनाको आधारमा धनुषा प्रहरीले ति सामान नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।

बिहिबार दिउँसो तीन पाँच लाख सत्तासी हजार पाँच सय बराबरका समान र चार वटा मोटरसाइकल समेत नियन्त्रणमा ल्याएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको एसपी खड्काले बताउनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्