त्रैमासिक परिक्षामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत

दाङ समाचार
दाङ समाचार १३ श्रावण २०८०, शनिबार
2 Min Read
Aa

दाङ – देउखुरीको गढवामा रहेको भ्याली पब्लिक इङलिस स्कुलले २०८० को पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । स्कुलले नतिजा सार्वजनिक गर्दै उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वामीदयाल यादवको अध्यक्षता एवम् शिक्षाप्रेमी बुद्धिजिवी तथा शेयर सदस्य पूर्ण बहादुर ओलीको प्रमुख आतिथ्यमा शुक्रवार आयोजित कार्यक्रममा विद्यालयलाइ कसरी स्तरिय गराउन सकिन्छ र विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारे आवाज उठेको स्कुल संचालक समितिका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुशार देउखुरी क्षेत्रमै उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने गरि पठनपाठनमा जोड दिईने भएको छ ।

वालमैत्री भौतिक संरचनाको साजसज्जाको लोभलाग्दो दृष्य

दक्षिण देउखुरीको गढवा गाउँपालिका –६ लमही कोइलाबास रोडमा नयाँ संरचना र व्यवस्थापनका साथ भ्याली पब्लिक इंगलिस बोर्डिङ स्कूल संचालनमा आएको छ। विद्यालयको हरेक कक्षा कोठाहरुमा सिसी क्यामरा जडान गरिएको छ । प्लेग्रुप, नर्सरी देखि युकेजी सम्म २ जनाका दरले शिक्षक र संरक्षक राखिएको छ । कक्षाकोठामा वालमैत्री भौतिक संरचनाको साजसज्जा सहित लोभलाग्दो दृष्य निर्माण भएको छ।

विद्यालयका सबै छात्र–छात्रा हरुकालागि छुट्टा छुट्टै स्मार्ट शौचालय व्यवस्थापन गरिएको छ । शिक्षक कर्मचारीले पनि त्यही शौचालय प्रयोग गर्नुहुन्छ । हरेक कक्षा कोठाको पठन–पाठन सिसी क्यामराको माध्यमबाट अफिसमा राखिएको कम्प्युटरबाट विद्यालयका प्रिन्सिपलले निगरानी गर्नुहुन्छ । कक्षा कोठा र कार्यालयको व्यवस्थापन हेर्दै लोभलाग्दो छ। विद्यालयले पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गर्दा विद्यालयको वार्षिकोत्सव जस्तै खचाखच अभिभावकहरुको बाक्लो उपस्थिती देखिन्थ्यो ।

विद्यालय र कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई शिरमा टोपि सजाएर सम्मान तथा पुरस्कृत गरिदै थियो । व्यवस्थापन पक्षलाई नियाल्दा त्रिबिबिको दिक्षान्त समारोहको झझल्को देखिन्थ्यो । यस विद्यालयले हरेक शुक्रवार विद्यार्थीहरुलाई पुस्तक नबोकेर बिद्यालय आउन निर्देशन गर्ने गरेको र शुक्रवार ‘नो बुक डे’ का रुपमा अतिरिक्त क्रियाकलाप तथा स्थलगत अध्ययन भ्रमण गराउने गरेको प्रिन्सिपल रोशन धितालले बताउनुभयो ।

पहिलो त्रैमासिक परिक्षाको नतिजा सार्वजनीक कार्यक्रममा संचालकहरु खीम बहादुर बुढा मगर र गोबिन्द ओलीले बोल्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रिन्सिपल रोशन धिताल र शिक्षीका शिवा केसीले गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्