लमही घोराही सडक खण्ड अवरुद्द

दाङ समाचार
दाङ समाचार २२ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

दाङ– लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्द भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो पहिरो झरेको थियो । यसपाली पनि पानी पर्दा त्यस स्थानमा पहिरो झर्दै आएको छ ।

पहिरो पञ्छ्याउने काम चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जेसिवीसहित सुरक्षाकर्मीहरु पहिरो हटाउन खटिएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्