देविराम कुसारी, शान्तिनगर
शान्तिनगर गाउँपालिकामा सञ्चालन भैरहेको डिजि टल वित्तिय साक्षरता तालिमको अनुगन भएको छ । तालिमको गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वको टोलिले अनुगमन गरेको तालिमका प्रशिक्षक पार्वती पुनले जानकारी दिनु भएको छ ।
अनुगमनका क्रममा महिलाले देखाएको सक्रियताले आफुलाई समेत उत्साहित बनाएको भन्दै पालिका अध्यक्ष बस्नेतले महिला नेतृत्व र क्षमता विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ । अनुगमनका क्रममा पालिकाका प्रवक्ता एवम् वडा नम्वर ३ का वडाध्यक्ष मिन बहादुर केसीले तलिमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो ।
समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिसको आर्थिक सहयोग, प्रयाक्टिकल येक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भैरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका बारेमा जानकारी गराइने छ । तालिममा संस्थाले मोबाइल बैंकिङ कारोवारलाई प्रभावकारी बनाउन सहभागिको मोबाइलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ ।
त्यसै गरी स्थानीय महिलाहरुको कार्य बोझ कम गरि नेतृत्व विकास र व्यवसायमा जोड्दै डिजिटल माध्यमबाट कारोवार गरि आत्मनिर्भर बनाउने तालिमको थप उदेश्य रहेको प्रशिक्षक पुनले जानकारी दिनुभयो । तालिममा शान्तिनगर गाउँपालिकाका ३ वटा कृषि समुहका ६१ जनाको सहभागिताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्