दाङ – विषालु च्याउ खाँदा दाङमा एकै घरका तिनजना बिरामी परेका छन् । बिरामी हुनेमा बंगलाचुली गाउँपालिकामा – ४ मैकुटीका ३१ वर्षका अजय सुनार, २७ वर्षिया ईश्वरी सुनार र उहाँको ११ वर्षकी छोरी अस्मिता सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो।
बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मा रहेको भित्ताला भन्ने जंगलबाट खोजेर ल्याएको विषालु च्याउ खाएपछि वान्ता हुने,चक्कर लाग्ने र पखाला लाग्ने भएको छ । बिरामीहरुलाई बंगलाचुली अस्पतालमा सामान्य उपचार पश्चात राप्ति स्वास्थ्य्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्