दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले डेंगु रोक नियन्त्रणका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नु पर्ने बताए । यो रोगलाई नियन्त्रण गर्न नगरपालिकाले एक्लै सक्दैन, नगरपालिकाले अगुवाइ गर्छ तपाईं सबैले साथ दिनुस”- नगर प्रमुख चौधरीले भने ।
डेंगु रोगलाई नियन्त्रण गर्नका लागि आफ्नो घरवरपर सरसफाइ राख्न र सचेतना फैलाउन पनि नगर प्रमुख चौधरीले सबै नगरबासीलाई आग्रह गरे ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नेपालीहरुले हरेक वर्ष कुनै न कुनै विपतको सामाना गर्नु परेको स्मरण गर्दै विपतको सामना गर्न सबै तयारी हुनु पर्ने बताईन । डेंगु, मलेरिया, आँखा पाक्ने जस्ता रोगलाई सामान्य ठानेर लापरबाही नगर्न पनि सबैमा अनुरोध गरेकी छन ।
लमही नगरपालिका -३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले डेंगु रोग नियन्त्रण गर्न वडा, टोलबासीले संयुक्त रुपमा अभियान चलाउनु पर्ने बताए । इलाका प्रशासन कार्यालय लमहीका प्रमुख उदयराज भट्टराईले महामारी फैलने कुरामा सचेत बन्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित भएका सबैले डेंगु रोग नियन्त्र तथा रोकथामका लागि लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं जस्ता अभियान नै चलाउने गरि प्रतिबद्दता पत्रमा हस्ताक्षर गरेका छन । सबै वडाहरुमा सूचना टाँस गरेर सेवाग्राही मार्फत गाउँ टोल सम्म सुचना प्रबाह गर्ने गरि सुचना सम्प्रेषण गरिने स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले बताए ।
लमही नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मिना शर्मा र नारायण प्रसाद शर्माले कीट जन्य रोगका बारेमा जानकारी गराएका थिए । नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत नारायण प्रसाद शर्माले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्