चोरी गर्न लागेको अवस्थामा लमहीबाट एक जना पक्राउ

दाङ समाचार
दाङ समाचार ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लमहीमा चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अन्दाजी १८ वर्षीय अभिषेक पुन रहेका छन । पुनले आफ्नो घरको ठेगाना कहिले प्युठान, कहिले कोहलपुर बताएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चोरीको प्रयास गरेका पुन पक्राउ परे पनि चोरी गर्न भने नपाएको प्रहरीको भनाई छ । पक्राउ परेका पुनले चोरीमा अन्य दुइ जना साथीहरु पनि संलग्न भएको बताएका छन । तर उनीहरुको नाम ठेगाना भने आफुलाई थाह नभएको प्रहरीलाई भनेका छन ।

आज बिहान सवा ४ बजेको समयमा लमही नगरपालिका-५ कोइलाबास रोडमा रहेको कमल गुरुङको मोबाइल पसलको ताला फोड्दै गर्दा मोर्निंग वाल्कमा हिडेका मानिसहरुले पक्राउ गरि देउखुरी उद्योग वाणिज्य संघका चौकीदारलाई बुझाएका थिए ।

पक्राउ परेका पुनलाई वडा प्रहरी कार्यालयको जिम्मा लगाएको देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्