समाज रुपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण हुन्छ- नगर प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले समाज रुपान्तरणमा राेटरी क्लव अफ लमहीको अग्रणी भूमिका हुनु पर्ने बताउनु भयो । लमही स्थित रहेको जैविक विविधता पार्कमा राेटरी स्तम्भकाे अनावरण गर्दै नगर प्रमुख चौधरीले समाजमा सकारात्मक सन्देश फैलाएर सामाजिक कार्यमा लाग्न प्रेरित गर्न सबैलाई आग्रह गर्नु भयो ।

जैविक पार्कले समग्र दाङलाई चिनाउन सकोस, यसको विकासका लागि, संरक्षण र प्रवर्धनका लागि नगरपालिका तत्पर छ, बाँकी प्रचारप्रसारमा मिडियाका साथीहरुले सहयोग गर्दिनु होला’- नगर प्रमुख चौधरीले भन्नु भयो ।

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्क भित्र स्थम्भ राखिएको छ । उक्त स्तम्भ राेटरी क्लव अफ लमहीका निवर्तमान अध्यक्ष बसन्तकुमार भण्डारीको पहलमा राखिएको हो । स्वर्गीय आमा माेहनकुमारी भण्डारीकाे सम्झनामा राखिएको छोरा भण्डारीले बताउनु भयो ।

राेटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेकाे अध्यक्षता एवम् लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरीकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी (सागर) राेटरी क्लव अफ लमहीका निवर्तमान अध्यक्ष बसन्तकुमार भण्डारी, संस्थापक अध्यक्ष रविलाल आचार्य, अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल, पत्रकार राधेश्याम गुप्ता, वर्ष २३/२४ का एजी बिमल रिजाल लगायतले बाेल्नु भएको थियोे ।

राेटरी क्लव अफ लमहीकाे वरिष्ठ उपाध्यक्ष प्रमाेद गाैतमले जैविक पार्कलाई ग्रास कटर मेशिन सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रमकाे सहजीकरण राेटरी क्लवका सचिव लाेकमान रिजालले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्