राजपुर गाउँपालिका अध्यक्ष बुढाथोकीलाई पितृ शोक

दाङ समाचार
दाङ समाचार ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ -राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीलाई पितृ शोक परेको छ । अध्यक्ष बुढाथोकीका बुवा राम बहादुर बुढाथोकीको आज बिहान ९ बजेतिर ७३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो। ‘बिहान करिब ४ बजेको समयमा बुवालाई प्रेसरले हानेछ, बुवा बेहोस हुनु भयो, त्यसपछि उपचारका लागि कोहलपुर तिर लगियो, तर अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषित गरे’- अध्यक्ष बुढाथोकीले भन्नु भयो । मृतक बुढाथोकीको शुक्रबार नै राप्ती घाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

बुढाथोकीले नेपाली कांग्रेस साविक बेला गाविसका इकाई सभापतिमा रहेर महत्वपुर्ण भूमिका निर्बाह गर्नु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसको १२ र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनु भएको थियो । त्यस्तै पार्टीको हरेक काममा दिएका जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्नु भएको थियो ।

दुर्गा सामुदायिक वन उपभोक्ता समुह बेला, बेला कुलापानीको अध्यक्ष बनेर जिम्मेवारी निभाउनु भएको थियो भने अहिले गढवा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष र गढवामा रहेको चुरे वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा रहेर सामाजिक सेवा गर्दै आउनु भएको थियो । यहि भदौमा हुन गैरहेको गढवा उद्योग वाणिज्य संघको निर्वाचनमा बुढाथोकी अध्यक्ष पदका लागि नाम चर्चामा थियो । बुढाथोकीको निधनप्रति देउखुरीका सामाजिक संघ संस्थाले दु:ख व्यक्त गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्