दाङ – देउखुरी मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । घाइते हुनेमा रा ३ प ८०१४ नम्बरको मोटरसाइकलमा सवार गढवा गाउँपालिका-३ गोबरडिहाका कालिचरण चौधरी र सोही ठाउँका मुखिया चौधरी रहेका छन ।
आज सोमबार बिहान साढे ११ बजे लमही अमिलिया सडक खण्ड अन्तर्गत धवारी जाने बाटो नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिकियाले जनाएको छ ।
तिब्रगतिमा रहेको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेमध्य चालक कालिचरणको अवस्था गम्भीर रहेको र अर्का घाइतेको अवस्था सामान्य रहेको छ । उनिहरुको उपचार अहिले लमही अस्पतालमा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्