देउखुरीमा मोटरसाइकल दुर्घटना १ को मृत्यु

दाङ समाचार
दाङ समाचार १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

दाङ – देउखुरी मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

मृत्यु हुनेमा गढवा गाउँपालिका -३ गोबरडिहाका ४५ वर्षिय कालिचरण चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

रा ३ प ८०१४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनिहरु काम विशेषले तुलसीपुर जाँदै थिए । गढवा गाउँपालिका-३ गोबरडिहाका मुखिया चौधरी पनि घाइते भएका छन ।

आज सोमबार बिहान साढे ११ बजे लमही अमिलिया सडक खण्ड अन्तर्गत धवारी जाने बाटो नजिकै दुर्घटना भएको हो ।

तिब्रगतिमा रहेको मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते मुखियाको उपचार अहिले लमही अस्पतालमा भैरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्