दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले धर्मले मानिसलाई धेरै कुराहरु सिकाएको बताए । लमही नगरपालिका-७ स्थित श्री बालगोपाल मन्दिर बनघुस्रीमा मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताए । उनले भने “धर्मले मानिसलाई एउटा सुत्रमा बाँध्ने काम गरेको छ।
मानिस भन्दा धर्म माथि छ, धर्मसंग मेरो पनि भावनात्मक जोडिएको छ, तपाईको पनि जोडिएको छ । हामि जुन जातजाति भए पनि जुन धर्म माने पनि हामीले हाम्रो परम्परा र संस्कृति भुल्न हुँदैन, एकले अर्को धर्मलाई सम्मान गर्नु पर्छ’- उनले भने ।
अहिले हरेक गाउँ बस्तिबाट मानिसहरुले धर्म संस्कृति जोगाउन स्वतस्फुर्त भएर लाग्ने, जग्गा दान गर्ने, मठ मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने जस्ता महान कार्य गर्दै आउनु भएको छ, त्यस्ता दाता र महान व्यक्तिप्रति लुम्बिनी प्रदेश सरकार आभारी छ त्यस्ता पुनित कार्यमा लुम्बिनी प्रदेश सरकार साथमा छ’- मुख्यमन्त्री चौधरीले भने ।
लुम्बिनी प्रदेशको राजधानी भएको क्षेत्रमा धेरै धार्मिक स्थल छ, ति धार्मिक स्थलको संरक्षण गर्नमा लुम्बिनी प्रदेश सरकार तदारुकताका साथ लाग्ने छ, लमहीको बनाघुस्रीमा निर्माण भएको बालगोविन्द मन्दिरको पनि सबै मिलेर संरक्षण गर्नु होला, के के कुराको आवश्यक पर्छ मलाई खबर गर्नुस, म सहयोग गर्न तयार छु’- मुख्यमन्त्री चौधरीले भने ।
बालगोपाल एवम् रामानुज पिठका प्रधान संरक्षक डाक्टर रघुनाथ नेपालको सभाध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । श्री बालगोपाल मन्दिर बनघुस्रीका सल्लाहकार मेघनारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए भने यादवनाथ काफ्लेले कार्यक्रमको सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्