ओम प्रकाश बसेल
दाङ – देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स व्यवसायी संघ दाङले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।
गढवा गाउँपालिका -५ खजराैटाकी क्यान्सर पिडित बसन्ती चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि संघले आर्थिक सहयाेग गरेकाे हो।
संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे ३७ हजार ४ स्य ५७ रूपैया मात्र पिडित चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे ।
गढवा गाउँपालिका- ५ स्थित चाैधरीकाे आर्थिक अवस्था एकदम कमजाेर रहेकाे र सहयाेगकाे एकदम खाँचाे देखिएकाले लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा माेबाईल व्यवसायी गर्ने ब्यबसायीहरू र अन्यबाट रकम जम्मा गरि सहयाेग गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले बताउनु भयाे ।
हाले थाेरै थाेरै गरि सहयाेग उठाई उपचारमा सहयाेग हाेस् भन्ने हाे, सबैले सहयाेग गरे उपचारमा सहज हुने ठानेर सहयाेग गरेका हाै”- संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भयाे ।
आदर्श माध्यमिक विद्यालय देउपुरबाट २०६०/०६१ मा एसएलसी दिएका छात्र तथा छात्राहरुले समेत सहयाेग गरेकाे महासचिव गुप्ताले बताउनु भयाे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदम केसी, उपाध्यक्ष जितेन्द्र गुप्ता, पदाधिकारी तथा माेबाईल ब्यबसायी सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्