दाङ – करेन्ट लागेर देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -२ श्रीगाउँ निवासी अन्दाजी ४५ वर्षिय दिल बहादुर चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
उनको बिहिवार राती लमही नगरपालिका–२ श्रीगाउँमा करेन्ट लागेर मृत्यु भएको हो । बाटोको छेउँमा मसलाको रुखले विजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा मृत्यु भएको प्रहरीको भनाई छ ।
चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्