दाङ – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जनता समक्ष पुग्नको लागि कांग्रेसले नयाँ कार्यक्रमको योजनामा रहेको बताउनु भयो । अबको कार्यक्रमले जनता र पार्टीको विचमा पुलको काम गर्ने उहाँको ठहर छ ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र- २ को प्रथम सम्मेलनलाई उद्घाटन गर्दै सभापति पुनले सो कुरा बताउनु भएको हो
। भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, ललिता निवास लगायतका जुनसुकै काण्ड पनि निष्पक्ष छानबिनमा नेपाली कांग्रेसले सहयोग गर्ने उहाँको भनाई छ ।
सम्बोधनका क्रममा उहाँले भन्नु भयो “प्रचण्ड नेतृत्वको सरकारबाट अपराधमा मुछिएका माओवादी नेताहरूको नाम आउना बित्तिकै अर्को फाइल खोलेर सस्तो स्टन्डबाजी गर्ने काम भएको छ ।
ठुला- ठुला अपराधमा संलग्न भएका आफ्ना नेता, कार्यकर्तालाई संरक्षण गर्ने र अन्य पार्टीका नेता कार्यकर्तालाई फसाउने काममा प्रचण्ड सरकार लागि परेको सभापति पुनको दावी छ ।
प्रतिक्रिया दिनुहोस्