जखेरातालमा ५० हजार माछाका भुरा हालियो

दाङ समाचार
दाङ समाचार २४ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशकै गहनाको रुपमा रहेको जखेरा तालमा माछाका भुरा हालिएको छ । लमही नगरपालिकाका कार्यबाहक प्रमुख लक्ष्मी योगीले विभिन्न जातका माछाका भुराहरु तालमा छोडेर उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै कार्यबाहक प्रमुख योगीले समग्र प्रदेशलाई चिनाउनका लागि जखेरातालले राम्रो भूमिका खेलेको बताउनु भयो ।

“जखेराताल” लाई साच्चिकै जखेराताल गराउनुमा यहाँका कार्यसमितिको निकै महत्वपुर्ण हात रहेको छ, तपाईहरुको कार्यको स्थानीय सरकारले उच्च मुल्यांकन गरेको छ, यो तालको स्तर उन्नतिका लागि स्थानीय सरकार तपाईहरुको साथमा छ’- योगीले भन्नु भयो ।

ति माछाका भुरा जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानको पहलमा मण्डल मत्स्य ह्याचरी फार्म पत्थर डांडा रुपन्देहीबाट ल्याइएको थियो । हरेक वर्ष समितिले माछा बिक्रि गरेर राम्रो आम्दानी गर्दै आएको छ । सोहि अनुरुप यो वर्ष पनि माछा उत्पादनबाट राम्रो आम्दानी हुने अपेक्षा रहेको समितिले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्