खराब मौसमका कारण पोखरा जांदै गरेको हेलिकप्टर देउखुरीमा अवतरण

दाङ समाचार
दाङ समाचार २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

दाङ – मौसम खराबीका कारण पोखरा जाँदै गरेको हेलिकप्टर देउखुरीमा अवतरण गरेको छ ।

हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलास हेलिकप्टर सरर्बिस’ नामको हेलिकप्टर दाङको राप्ती गाउँपालिका २ लालमटियामा अवतरण गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार चालकसहित पाँच जना सवार हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा अवरतण गरेको हो ।

बुधबार राति पौने ७ बजेतिर आकस्मिक अवतरण गरेको हो । हुम्लाबाट यात्रुहरुले बुकिङ्ग गरेर पाेखरा जान थालेका थिए । अब बिहान मात्रै पाेखराकालागि उड्ने प्रहरी निरीक्षक सि‌ंहले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्