दाङ – छाेराले बाबुको हत्या गरेका छन। घोराही उपमहानगरपालिका -५ दलजितपुरका २८ वर्षको छाेरा सन्तोष केसीले ५१ वर्षका बाबु प्रेमबहादुर केसीकाे हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेकाे छाेराकाे निर्घात कुटपिटबाट घाइते भएका बाबुकाे उपचारका क्रममा मृत्युु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।
कुटपिटमा संलग्न छाेराे सन्तोष केसीलाई प्रहरिले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्