अटवारी पर्वमा लमही नगरपालिकाले दियो दुई दिन विदा

दाङ समाचार
दाङ समाचार ५ आश्विन २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – थारु समुदायको महान पर्व अटवारीको अवसरमा लमही नगरपालिकाले दुई दिन विदा दिने भएको छ । नगरपालिकाले आज जारि गरेको सुचनामा यहि असोज ७ र ८ गतेका दिन स्थानीय विदाको रुपमा लमही नगरपालिकाको मातहतमा रहेका सरकारी कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुमा विदा दिने जनाईएको छ ।

अटवारी पर्व थारु समुदायको माघीपछिको दोस्रो ठूलो पर्व हो । आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने चलन छ ।

अटवारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन (आइतबार) र दोस्रो दिन (सोमबार) ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झना स्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकार लगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

दाङका थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला महाभारतका पाँच पाण्डव मध्ये भिमले लडाई लडेर थारु राज्यलाई सुरक्षा गरेको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन रहिआएको किवदंती छ ।

May be an image of text that says "कायंपालिकार, 雪 ०५२-५४०६३९ लमतरीमर्लिका टोल की १६६०६२५४००० नगर कार्यपालिकाको कार्यालय लमही, दाड लुम्िनी प्रदेश, नेपाल प.सं. २०६०/०५१ 36ሂ मिति :२०६००६।०५ स्थानीय बिदा सम्वन्धि सूचना। लमही नगरपालिका कार्यपालिकाको मिति २०६०/०६/०४ गतेको वैठकको निर्णयानुसार थारु समुदायको महान चाड अत्तवारी पर्वको अवसरमा मिति २०६०/०६/०७ २०६०/०६/०૬ र(दुई) दिन स्थानीय विदाको रुपमा यस लमही नगरपालिका मातहतका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक विदा रहेको व्यवहोरा अनुरोध छ। देवेन्द्र प्रसाद श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय अधिकृत"

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्