मुख्यमन्त्री चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा बस्नेत नियुक्त

दाङ समाचार
दाङ समाचार ७ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेत लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त हुनु भएको छ ।

वि.सं. २०२० श्रावण ६ गते बुवा पूर्ण बहादुर बस्नेत र आमा रेवती देवि बस्नेतको काइला छोराको रुपमा राजपुर गाउँपालिका-७ मा जन्म भएको थियो ।

नेपाली काङ्ग्रेसको राजनीतिमा सशक्त भुमिका निर्बाह गर्दै आउनु भएका बस्नेतले पार्टीले दिएको विभिन्न जिम्मेवारी कुशलता पुर्वक निभाउनु भएको छ ।

नेता बस्नेतले आइतबार पदभार ग्रहण गर्नु भएको हो । विद्यार्थी राजनीतिकबाट काङ्ग्रेसको राजनीतिक शुरुवात गर्नु भएका बस्नेतसंग लामो राजनीतिक अनुभव रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्