दाङ – स्वयंसेविका दिवसको अवसरमा बोल्दै कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले समुदायमा अहोरात्र खटिने स्वयंसेविकाहरु समुदायका विश्वासिला पात्र भएको बताउनु भयो । महिला स्वयंसेविकाहरुले समुदायमा खेलेको भुमिका अत्यन्तै स्रहानिय रहेको उहाँको भनाई छ ।
लमही नगरपालिकाले आयोजना गरेको २० औं महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस कार्यक्रममा कार्यवाहक नगर प्रमुख योगीले सो कुरा बताउनु भएको हो ।
जनतासंग प्रत्यक्ष जोडिएका महिला स्वयंसेविकाहरुको सेवा सुविधाको लागि राज्यले केही गर्न नसक्नु दु:खद कुरा भएको भन्दै कार्यवाहक नगर प्रमुख योगीले आगामी दिनमा राज्यले यो कुरामा पुनर्बिचार गर्नु पर्छ, स्वयंसेविकाहरुको सेवा सुविधाको बारेमा केही गर्नु पर्छ”- योगीले भन्नू भयो ।
दिवस कार्यक्रममा सहभागी भएका महिला सामुदायिक स्वयंसेविकाहरुले आफुहरुलाई राज्यले अन्याय गरेको बताएका छन । समुदायको सेवाका लागि आफुहरु रातदिन नभनेर लागि पर्ने तर एउटा श्रमिकले दैनिक रुपमा पाउने बराबरको ज्याला पनि नपाइने भन्दै गुनासो व्यक्त गरेका छन ।
गत आर्थिक वर्षमा उत्कृष्ट काम गरेका तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । समानित हुनेमा लमही नगरपालिका ५ की हुमा पन्त, लमही नगरपालिका १ की पुजन्या चौधरी र लमही नगरपालीका -२ की रमेस्वरी चौधरी रहनु भएको छ ।
लमही नगरपालिकाबाट विभिन्न संदेश मुलक लेखिएका प्लेकार्ड सहित निस्केको र्यालीले लमही बजार परिक्रमा गरि पुनः नगरपालिकामा कोण सभामा परिणत भएको थियो ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक मिना शर्माले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्