दाङ – लमही नगरपालिकाको आयोजनामा भएको छैठौँ राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा गोरखा मोडेल सेकन्डरी स्कुल लमहीले प्रथम उपाधी हात पारेको छ । लमही नगरपालिकाको आयोजनामा यही पुष २४ देखि २७ गते सम्म सम्पन्न राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगीतामा १२ स्वर्ण, ६ रजत, ३ कास्यपदक गरि कुल २१ पदक जितेर गोरखा माविले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
त्यसैगरि लमहीको आर्दश नमुना मावि देउपुरले दोस्रो स्थान हासिल गरेको छ । आर्दश नमुना माविले ६ स्वर्ण, ४ रजत र ३ कास्य गरि १३ पदक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी लमहीको रोजीबड्स बालबाटिका स्कुलले ४ स्वर्ण, ११ कास्य, ४ रजतपदका प्राप्त गरि तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा विभिन्न २० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा खेलको समापन गरिएको थियो ।
प्रमुख अतिथि बस्नेत र नगर प्रमुख जोगराज चौधरी तथा उपप्रमुख लक्ष्मी लगाएतले बिजेताहरुलाई मेडल र प्रमाणप्रत्र प्रदान गर्नु भएको थियो । त्यसै गरि झाँकी तर्फ आर्दश मावि देउपुर प्रथम भएको छ । मावि फल्कापुर दोस्रो र राप्ती मावि उचानिम्बुले तृतीय स्थान हासिल गरेका छन् । प्रथम, द्वितीय र तृतिय हुने झांकीलाई क्रमश पाच, तिन, र दुईहजार पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतले बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्