परिवार नियोजनको सेवा ग्रामीण भेगसम्म पुग्नु पर्छ- नगर प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार ७ माघ २०८०, आईतवार
2 Min Read
Aa

दाङ– लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले परिवार नियाेजनको सेवा ग्रामीण भेगसम्म पुर्याउन स्वास्थ्यकर्मीकाे भूमिका अहम हुनु पर्ने बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङकाे आयाेजनामा लमही नगरपालिका स्तरीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवाका कर्मचारीहरुकाे लागि आयाेजित व्यवस्थित परिवार याेजनाकाे पहुँच बिस्तारका लागि सुक्ष्म अन्तरक्रिया तथा छलफल कार्यक्रममा बाेल्दै नगर प्रमुख चाैधरीले भन्नू भयाे,” सबै वडा र इकाइहरुमा स्वस्थ्यकर्मीहरु परिचालित हुनुहुन्छ, के कति कारणले गाँउतहसम्मका महिलाहरुले परिवार नियाेजन सेवाकाे पहुँचबाट टाढा रहन पुगे, कहाँनेर हाम्रो कमजाेरी रहयाे, त्याे पत्ता लगाएर सेवा दिने कर्तब्य तपाईं स्वास्थ्यकर्मीहरुकाे हाे”- उहाँले भन्नू भयाे ।

जिल्ला स्वस्थ्य कार्यालय दाङले आयोजना गरेको परिवार योजना सेवाको लागि सुक्ष्म योजना तर्जुमा एक दिने गोष्ठी कार्यक्रममा सो कुरा बोल्नु भएको हो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले परिवार नियोजनको क्षेत्रमा अझै राम्रो नतिजा आउने गरि काम गर्न सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारीलाई निर्देशन दिनु भएको छ । काम गर्ने क्रममा आइपर्ने अप्ठ्यारोमा नगरपालिका साथमा भएको भन्दै निर्धक्क भएर काम गर्नुस”- योगीले भन्नू भयो ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्मर बहादुर कवँरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।

कार्यक्रमका बारेमा जिल्ला स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्सिङ निरीक्षक रीता न्यौपानेले जानकारी गराउनु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्