दाङ – लमही महोत्सवमा आज मंगलबार लोक तथा दोहरी गायक रामजी खाँडको प्रस्तुति रहने छ । त्यसैगरी लोक गायक चक्र बम र मोडेल आरुषी मगर लगायतका कलाकारहरु आउँने भएको मेला आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवको पाँचौ दिन चर्चित लोक तथा दोहरी गायक रामजी खाँड संगै स्थानीय कलाकार सुस्मिता कोइराला, सगरमाथा डान्स ग्रुप, उद्घोषक दिपक खड्का,अनुप बुढा मगर, दिपक बर्माको प्रस्तुति रहने छ ।
माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्