दाङ – गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३.०१ ख /२११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमालसंगै रहेका पत्रकार शिवु खनालले जानकारी दिनु भयो ।
आज अपरान्ह पौने ५ बजेको समयमा पुर्व बाट पश्चिम तर्फ गैरहेको ट्रकले ठक्कर दिएको थियो । पत्रकार खनालका अनुशार गायिका रिमाललाई केही नभएको र आफुलाई घुँडामा समान्य चोट लागेको छ । “गायिका रिमाललाई अर्को गाडीमा पठाई दिएको छु र म घटनास्थलमै छु,प्रहरीलाई खबर गरेको छु”- खनालले भन्नू भयो ।

प्रतिक्रिया दिनुहोस्