समाज सेवा गर्ने तर्फ सबैको चासो हुन जरुरी छ – नगर प्रमुख चौधरी

दाङ समाचार
दाङ समाचार ८ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले समाज सेवा गर्ने तर्फ सबैको चासो हुन जरुरी रहेको बताउनु भयो । लायन्स क्लव अफ लमहीले आज मंगलबार देउखुरी बहुमुखी क्याम्पस लमहीमा आयोजना गरेको रक्तदान कार्यक्रममा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

रक्तदान मात्र हैन शरीरका अन्य अंग पनि आवश्यक पर्दा दान गर्न सक्नु पर्छ यो नै मानव धर्म हो”- उहाँले भन्नू भयो । लायन्स क्लवले आयोजना गरेको रक्तदानले लमहीमा रहेको डायलाइसिस सेन्टरमा उपचार गराई रहेका विरामीहरुलाई टेवा पुग्ने कुरामा नगर प्रमुख चौधरीले विश्वास व्यक्त गर्नु भयो ।

लायन्स क्लव अफ लमहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सहाना श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।

लमही नगरपालिका-५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, पत्रकार केपि घिमिरे, देउखुरी बहुमुखी क्याम्पस लमहीका क्याम्पस प्रमुख शिव ओली लगायतले बोल्नु भएको थियो । कार्यक्रम क्लवका सचिव लोकमान रिजालले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्