दाङ – लमही नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस तयारी बैठक गरेको छ । यहि फाल्गुन २५ गते मनाउन लागिएको अन्तर्राष्ट्रिय महिला दिवसलाई कसरी भव्य र सभ्य तरिकाले मनाउन सकिन्छ भन्नेबारे छलफल भएको महिला तथा बालबालिका शाखा प्रमुख मेनका खड्काले जानकारी दिनु भयो ।
उक्त दिवसका दिन र्याली प्रदर्शन, वक्तृत्व कला र कुर्सि दौड राखिने भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मेनका खड्काले जानकारी दिनु भएको छ । कार्यक्रम लमही नगरपालिकाको सभा हलमा हुने भएको छ ।
लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले महिला सशक्तीकरणका लागि महिला आफै जागरुक हुन जरुरी रहेको बताउनु भयो । पुरुषको तुलनामा महिला माथी बोझ रहेको छ, घरदेखी कार्यालय सम्म, चुल्हो चौको देखि पानी पधेरो सम्म जिम्मेवारी रहेको हुन्छ, यस्ता बोझलाई निस्तेज गर्नका लागि पुरुषको अनिवार्य सहयोग चाहिन्छ”- उपप्रमुख योगीले भन्नू भयो ।
कार्यक्रम यहि फाल्गुन २५ गते मनाउनेगरी तयारी भई रहेको छ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमलाई सफल गराउनका लागि नगर स्तरीय महिला संजाल समेत गठन गरेको छ ।
जसको अध्यक्षमा विना न्यौपाने भुसाल, उपाध्यक्षमा सीता अधिकारी, सचिवमा शिवा चौधरी, कोषाध्यक्ष निकिता चौधरी, कल्पना पछाई, सीता आचार्य, यमुना सेढाई, शान्ता पोख्रेल, मिना चौधरी, प्रमिला चौधरी र गीता चौधरी सदस्य रहनु भएको छ ।
त्यसैगरी रिमा विक, हुकुमी मल्ल, सोभा चौधरी, यमवती चौधरी, द्रोपता वली, सोभा श्रेष्ठ, प्रेरणा पछाई, सहाना श्रेष्ठ, लिला शाह र चुमा आचार्य संजालको सल्लाहकार रहनु भएको छ ।




प्रतिक्रिया दिनुहोस्