ल्याण्ड पुलिङ उपभोक्ता समिति गठन

दाङ समाचार
दाङ समाचार २४ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

भिसुन शाही ठकुरी

भालुवाङ- लुम्बिनी प्रदेश राजधानी क्षेत्र अन्तर्गत सितगंगा नगरपालिका– ८ सातमाराका स्थानीयबासीहरुको स्वतःस्फूर्त सहमतिमा पूर्वधार विकास प्राविधिकरणले ल्याण्ड पुलिङ कार्यक्रमको निर्णय गरेको छ ।

वडा नं ८ का वडाअध्यक्ष रुक बहादुर आलेको सभापतित्व एवम् पूर्वधार विकास प्राविधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेल तथा जग्गा विकास आयोजनाका अध्यक्ष स्यामेस चौधरीको विशिष्ट आतिथ्यतामा सर्वसम्मत रूपमा उपभोक्ता समिती गठन गरिएको हो ।

होम प्रसाद शर्मा संयोजक रहेने गरि १५ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । त्यस्तै रेनु प्रसाद बेल्बासे, कर्ण बहादुर केसी, रमेश पौडेल, रिता केसी, रमेश खड्का, काशीनाथ खनाल, विस्ना विक, पार्वती खनाल, सिखा खनाल, जीवा गिरी, यम बहादुर केसी, जीत बहादुर घर्ती र सन्तोष श्रेष्ठ सदस्य रहनु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्