दाङ – बसको ठक्करबाट देउखुरीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेल रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो। बसको ठक्कर बाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो।
घाइते पौडेललाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्