बस मोटरसाइकल ठोकिदा एकको मृत्यु, एक घाइते

दाङ समाचार
दाङ समाचार १० चैत्र २०८०, शनिबार
1 Min Read
Aa

दाङ – देउखुरीमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका-५ नौसहरा निवासी अन्दाजी २४ वर्षिय प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले प्रमुख राम बहादुर केसीले जानकारी दिनु भयो ।

राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदी तर्ग जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । त्यस्तै सोही दुर्घटनामा सोही गाउँका २४ वर्षिय प्रदीप यादव गम्भीर घाइते भएका छन ।

घाइते प्रदीपको लमही अस्पतालमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उनको हात भाँचिएको छ भने शरीरमा अन्य भागमा गहिरो चोटपटक लागेको छ । ठक्कर दिने बस र बस चालक सम्पर्कमा नभएको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्