कांग्रेसलाई समस्या परे देशको व्यवस्थानै खतरा हुन्छ -सभापति पुन

दाङ समाचार
दाङ समाचार २१ चैत्र २०८०, बुधबार
4 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मर सिंह पुनले कांग्रेसलाई समस्या परे देशको व्यवस्थानै खतरा हुने बताएका छन । हालसम्म देशको परिवर्तनका लागि आएको व्यवस्था कांग्रेसकै कारण आएको र त्यो व्यवस्था नरहे देशनै खतरामा जाने संकेत गरे ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ ले आयोजना गरेको दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनमा सभापति पुनले यस्तो बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुनले हालसम्म देशमा भएका परिवर्तन र विकास नेपाली कांग्रेसका कारणले भएको जिकिर गरे । सत्ताका लागि अन्यदलसंग गठबन्धन गरिरहनु भन्दापनि कांग्रेसभित्रै गठबन्धन गरिनुपर्ने आवस्यकता रहेको उनले बताए । “सत्ताका लागि किन गठबन्धन गर्नु, कांग्रेस त्यसैपनि ठूलो दल हो सभापति पुनले भने-अन्य दलसँग भन्दापनि कांग्रेसभित्रै गठबन्धन गर्न जरुरी छ, हामी मिलौ अनि हेरौ, कसरी ठूलो दल हुदैनौ”

सकारात्मक सोचसँगै आफैमा को ठूलो भन्दापनि के गर्ने भन्ने विषयमा बढि जिम्मेवार बन्दै टोलटोलबाट विशेष छलफल गरि निष्कर्षमा जानुपर्ने बताए । अन्य दलजस्ता उरेन्ठेउला कुरा गर्ने कांग्रेसमा परिपाटी नभएको बताउँदै उनले कार्यक्रममा युवाहरुको सहभागिता शून्य भएकोमा चिन्ता ब्यक्त गर्दै युवालाई समेट्न सबै लागिपर्न अनुरोध गरे ।

जनप्रतिनिधीको आंसिक उपस्थिती देख्दा उनले केही जनप्रतिनीधी गमक्क पर्ने र पार्टीको कार्यक्रममा मर्यादा क्रममा तल्लो स्तर हुने सोचाईले पनि पार्टीको कार्यक्रममा जनप्रतिनिधी उपस्थित नहुने आफुले पाएको बताए । त्यही पार्टीले टिकट दिएर चुनाब जितेका जनप्रतिनिधी गमक्क पर्नुहुन्छ, टिकट माग्दा खुट्टा नै छुनेजस्तो गर्नुहुन्थ्यो तर पार्टीको कार्यक्रममा उपस्थित हुने फुर्सद छैन उहाँहरुलाई उनले भने । जनप्रतिनिधीले पार्टीलाई सल्लाह पनि दिने र सल्लाह लिनपनि ईच्छुक हुनुपर्ने धारणा राख्दै उनले दाङ कांग्रेसको उर्बराभूमि भएपनि केही ठुला पालिका गुमाउदा पीडा थपिएको बताए ।

कांग्रेसभित्रै आन्तरिक समस्याहरु छन, त्यसको निकास खोजौ, को बलियो भन्दापनि पार्टी सबैको हो भन्ने धारणा सहित मेलमिलाप गरि अघि बढौ सभापति पुनले भने । सत्ता समिकरण फेरबेदल भएकोमा निरास नभई संगठन बिस्तार र पार्टीप्रति सधै बफादार बन्न उनले निर्देशन गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य लोका विकले सम्मान आफै खोज्ने र पदलाई स्विकार्न नसक्दा कांग्रेसमा बिचलन आएको बताईन । कार्यक्रमकी विशिष्ट अतिथी समेत रहेकी विकले काम भएन मात्रै भन्ने हामीले समन्वय पनि गर्न सक्नुपर्ने र गरेका कामको खुलेर प्रचार गर्नुपर्ने बताईन । ‘हामीले काम भएन मात्रै भन्छौ, त्यसको लागि समन्वय हुनुपर्यो नि सांसद विकले भनिन्-जनप्रतिनिधीलाई ब्यक्तिको रुपमा हेरिदा आगोमा घ्यु थपिएको छ ।’ धेरै कामगर्ने हुटहुटी आफुमा रहेको बताउँदै उनले समन्वय गरि काम गर्नुपर्ने धारणा राखिन ।

प्रदेश सभा ख का सदस्य कुमार घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाली कांग्रेस लमही नगरपालिका-८ का वडा सभापति यादव नाथ योगी, घोराही-३ का सभापति शरद बुढाथोकी, लमही नगर सभापति सन्तोष बुढाथोकी, महासमिती प्रतिनिधि तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेबी यादव, महाधिबेसन प्रतिनिधि मधु न्यौपाने, महासमिती सदस्यहरु गिरिजादेबी न्यौपाने, कर्ण बहादुर बुढाथोकी, नेपाली कांग्रेस दाङ जिल्ला सचिव अर्जुन योगी लगायतले नेताहरु बस्तीबस्तीमा उपस्थित भएर संगठन बिस्तार गर्दै कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापति दिनेश गिरीको सभापतित्व भएको कार्यक्रममा वार्षिक प्रगती प्रतिबेदन सचिब लालवीर खड्का तथा आर्थिक प्रतिबेदन प्रदेश प्रतिनिधी बिना न्यौपानेले प्रस्तुत गरेकी थिईन । प्रदेश सभा समितीका सदस्य हल्लुप्रसाद चौधरीले धन्यबाद ज्ञापन गरेका थिए भने सञ्चालन सचिव लालवीर खड्काले गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्